१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ



अ+ अ-

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक संकास्पद व्यक्तिाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो ।

प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन । प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । सिलिचोङ गाउँपालिका–५ याफु घर भएका प्रधानाध्यापक राई सोही विद्यालयमा बस्दैआउनु भएको थियो ।

उहाँ एक वर्षदेखि करारमा कार्यरत हुनुहुन्थ्यो । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै