१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल



अ+ अ-

काठमाडौं । स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का एक जनाको अवस्था सामान्य रहेको छ।

जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उहाँको सघन उपचार भइरहेको छ।

यस्तै, सुरुङबाट सुरुमा उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको जनाइएको छ। थप स्वास्थ्य परीक्षणका लागि साहलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान आयोजनाको सुरुङभित्रबाट दुवै जनाको उद्धार गरेको हो।

भोटेकोशीमा बाढी आएपछि आयोजनाभित्र मानिसहरू फसेको आशंका गरिएको थियो। बाढी घटेलगत्तैदेखि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र प्राविधिक टोलीले निरन्तर प्रयास गर्दै आएका थिए।

लामो प्रयासपछि सुरुङभित्र रहेका दुई जनालाई जीवितै उद्धार गर्न टोली सफल भएको हो।