२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाकुमार्ग खोल्ने सहमति



अ+ अ-

काठमाडौं । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो ।

उक्त समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा भएका कारण धरहरा पुनःनिर्माणका क्रममा बन्द गरिएको छ । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष यही भदौ २४ गते उपाकु परेको छ । उपाकुका दिन सोही मार्ग भई हिँडिने हुँदा यस मार्गको नाम पनि उपाकुमार्ग भएको हो ।

काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकुमार्ग खोल्न सरोकारवाला पक्षबीच बुधबार भएको छलफलमा सहमति जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत रुपमा जहाँबाट हिँड्ने गरिएको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ ।

उपाकुमार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करीब १० फिट बाटो छाडिएको छ । यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यसलाई सुविधायुक्त बाटो बनाइनेछ । उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको छ ।
खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदलमार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चयकोष र साविकको गोश्वारा हुलाकको बीचमा आठफुटे अस्थायी पैदलमार्ग हुने जनाइएको छ ।