१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ



अ+ अ-

ललितपुर — हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर आसपासको वातावरण आकर्षक देखिएको छ।

पर्वको पूर्वसन्ध्यामा कृष्ण मन्दिर परिसर तथा आसपास क्षेत्रमा भक्तजन र स्थानीयवासीको चहलपहल बढेको छ। साँझपख बत्तीले झिलिमिली बनेको ऐतिहासिक पाटन दरबार क्षेत्रले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको सुन्दर संयोजन प्रस्तुत गरेको छ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका अवसरमा पाटनको कृष्ण मन्दिरमा विशेष पूजा, दर्शन तथा धार्मिक गतिविधि हुने गर्दछ। पर्वका लागि मन्दिर तथा आसपासका क्षेत्र सजावटसहित तयारी अवस्थामा राखिएका छन्।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाटन दरबार स्क्वायरमा जन्माष्टमीको पूर्वसन्ध्यामा देखिएको साँझको दृश्यले भक्तजनसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गरेको छ।

तस्वीर: नेपाल फोटो सर्भिस