१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको आजको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको बैठकले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो ।

पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय बनाउने निर्णय गरेको छ । विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।

बैठकले पछिल्लो विपद्को अवस्थाको समीक्षा गर्दै भविष्यमा यस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । रास्वपाले विपद् व्यवस्थापनलाई कुनै एक दल वा सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । यसैबीच, रास्वपका सभापति लामिछानेसमक्ष प्रवक्ता खरेललाई उक्त पद तथा गोपनीयताको शपथ लिनुभएको छ  । रासस