१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह



अ+ अ-

कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलगायत पहाडी जिल्लामा ससाना नदीमा पानीको बहाव उलेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले महाकाली नदीमा पानीको बहाव उलेख्य बढ्ने भएकाले नदी तटीय तथा होचा भु–भागका बासिन्दाले सतर्क रहन आग्रह गरेको छ ।

सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचीत गराउने र आवश्यक तयारी सुरु गर्न महाशाखाले सूचना जारी गरेको छ ।

सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा निरन्तर वर्षाका भइरहेको छ । जसका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज बिहान महाकाली नदीमा पानीको बहाव एक लाख २० हजार ५८० क्युसेक पुगेको छ ।

“महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा व्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइन्छ ।”

उहाँले भन्नुभयो, “पानीको बहाव एक लाख क्युसेकभन्दा कम भएपछि आवागमन सञ्चालन हुन्छ ।” रासस