६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका बस्नलायक शहरको सूचीमा भियना विश्वकै एक नम्बरमा, नेपालको नेपालको स्थान कति ?



अ+ अ-

काठमाडौं । विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान औषतभन्दा तल देखिएको छ । हालै सार्वजनिक विश्वका २३१ शहरहरुको मूल्यांकन सूचीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका शहर भने परेका छैनन् ।

दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले हरेक वर्ष विश्वका बस्न योग्यरअयोग्य शहरको सूची सार्वजनिक गर्छ । स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाएर गरेको भनिएको सर्भेमा अस्ट्रियाको भियना विश्वकै बस्नलायक शहरको सूचीमा पहिलो नम्बरमा दर्ज भएको छ । स्विट्जरल्यान्डको जुरिचसहित ३ शहर उत्कृष्ट १० मा परेका छन् । ईआईयूको सर्भेक्षणमा जेनेभा नवौं र बसेल दसौं नम्बरमा परेका हुन् ।

क्यानडाको भ्यानकुभरसहित जर्मनको म्युनिख र न्युजिल्यान्डको अकल्यान्ड समान तेस्रो नम्बरमा पर्न सफल भए । जर्मनको डसेलडोर्फ छैटौं र फ्यांकफर्ट सातौं नम्बरमा सूचीकृत भएका छन् । बस्नयोग्य शहरको आठौं, नवौं र दशौंमा क्रमशः डेनमार्कको कोपनहेगन, स्विट्जरल्यान्डको जेनेभा र स्विटजरल्यान्डकै बसेल परेका छन् ।

अस्ट्रेलियाको सिड्नी र एम्स्टर्डम यसपटकको मूल्यांकनमा समान ११ औं स्थानमा परेका छन् ।२३१ शहरको सूची सार्वजनिक हुँदा नेपालको कुनै पनि शहर सूचीमा परेका छैनन् ।

छिमेकी देश चीनका ११ शहरलाई ईआईयूले मूल्यांकनमा समेटे पनि सांघाइ शहर सूचीको १०३ औं नम्बर छ । राजधानी बेइजिङ १२० औं नम्बरमा छ ।

अर्को छिमेकी देश भारतको हैदरावाद सूचीको १४३ औं नम्बरमा धकेलिएको छ । राजधानी नयाँदिल्ली १६२ औं स्थानमा छ । दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका २१७ औं स्थानमा छ ।