६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको मिजोरी राज्यमा जिप दुर्घटना हुँदा तीन नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीमा दुईवटा जिप ठोक्किएर भएको दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ ।

मिजोरी राज्यको जोप्लिन प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो भएको दुर्घटनामा मिजोरी राज्यको ब्ल्य स्पिरिङमा बस्दै आएका शारदा ओझा खनालसहित उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनालको निधन भएको हो ।

जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा मृत्यु भएको लेखेको छ ।दुर्घटनामा कारका चालक शान्ताका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन् । अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ । उनका छोरा गम्भीर छन् ।

टोयोटाको आरएभी४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने समाचारमा खुलेको छैन । घुमफिर या अन्य अरू के प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि अस्पष्ट छ।ओझा परिवारको नेपालमा विराटनगर घर रहेको बुझिएको छ ।