१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै प्रमुख सचेतक महरले बाढी तथा पहिरोका कारण जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले विपद्का कारण उत्पन्न संकटको सामना गर्न सरकारलाई निःसर्त साथ दिन आफूहरू तयार रहेको बताउँदै राष्ट्रिय शोकलाई शक्तिमा बदल्नुपर्ने धारणा राख्नुभयो ।

प्रमुख सचेतक महरले अझै पनि धेरै नागरिक उद्धारका लागि गुहार गरिरहेको उल्लेख गर्दै निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेकाहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आफ्नो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिँदै उहाँले उनीहरूको खोजीलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै सरकारको साथमा छौँ । हामी निःसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहन्छौँ । यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ ।”

महरले बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यप्रति समेत सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा अन्य मानवीय सहयोग तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।