२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची पीडितमाथि रबरको गोली प्रहार, दुई मजदुर घाइते



अ+ अ-

सिन्धुपाल्चोक । भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ।

बिहिबार दिउँसो करिब ३ बजे उक्त घटनामा परी दुई मजदुर घाइते भएका छन्। उनीहरुको हातमा रबरको गोली लागेको छ।

मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

आन्दोलनकारीले संघर्ष चर्काउन थालेपछि मुहानस्थल सुरक्षाको लागि बुधबारबाट १५ जना थप सशस्त्र प्रहरीको टोली खटाइएको इलाका प्रहरी कार्यालय हेलम्बूका इन्पेक्टर मणिराम लामिछानेले बताए ।

सिएमसीले आपूर्तीकर्ता, मजदुर र स्थानीय व्यापारीलाई एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।