२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो निरमसीसहित २ जना पक्राउ



अ+ अ-

लमजुङ । मर्स्याङदी गाउँपालिका ३ खुदीबजारबाट प्रहरीले ३३ किलो अवैध लोपोन्मुख एवं बहुमुल्य जडिबुटी निरमसीसहित २ जनालाई पक्राउ गरेको छ ।प्रकाउ पर्नेमा गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरेको डीएसपी रविन्द्रमान गुरुङले बताए। शंका लागेर चेकजाँच गर्दा भेटिएको निरमसी जोख्दा पूर्णबहादुरले बोकोको झोलामा ११ किलो र छमबहादुरले बोकेको झोलामा २२ किलो निरमसी फेला परेको उनले बताए।

मर्स्याङदी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ।