२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तसञ्चार केन्द्रमा रगतको माग



अ+ अ-

विराटनगर । विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढेको छ । दिनदिनै बढेको गर्मीका बिरामीको सङ्ख्या बढ्न थालेपछि रगतको माग बढेको हो । केन्द्रका अनुसार दैनिक ६० जनाभन्दा बढी मानिस बिरामीका लागि रगत लिन आउने गरेका छन् ।

आवश्यकताअनुसार रगतको माग पूरा गर्न धेरै समस्या भइरहेको सो केन्द्रका प्राविधिक इञ्चार्ज शिवनन्द यादवले बताए । रगतको माग बढी छ तर आपूर्ति भने कम रहेकाले आवश्यकताअनुसार रगत वितरण गर्न नसकेको इञ्चार्ज यादवको भनाई छ ।

विराटनगर पछिल्लो समयमा अस्पतालका केन्द्र बन्न लागेको र सबै क्षेत्रबाट बिरामीको चाप यहाँका अस्पतालमा देखिन्छ । क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा २०० भन्दाबढी सङ्घ संस्थाले गरेको रक्तदानबाट रगत सङ्कलन हुने गरेको छ ।

बिरामी भएर रगतको आवश्यक परेर आउनेमा मोरङ, सुनसरी र छिमेकी देश भारतबाट बिरामी छन् । नेगेटिभ ग्रुपका रक्त कम हुने भएकाले कहिले काहीँ समस्या हुने गरेको इञ्चार्ज यादवले बताए । गएको वर्षमा केन्द्रमा १९ हजार पिन्ट रगत सङ्कलन भएर वितरण भएको छ भने यस वर्ष सोभन्दा बढी रगत सङ्कलन गर्ने योजना केन्द्रले बताएको छ ।