६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राशिद बने सबैभन्दा कान्छा टेस्ट कप्तान



अ+ अ-

काठमाडौं । अफगानिस्तानका लेग स्पिनर तथा कप्तान राशिद खान संसारका सबैभन्दा कान्छा टेस्ट क्रिकेट कप्तान बनेका छन्।

बिहिबार बंगलादेश विरूद्ध खेल्न मैदानमा उत्रेर टिस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि उनी सबैभन्दा कान्छा टेस्ट कप्तान बनेका हुन्।

उनले १५ वर्ष पुरानो कीर्तिमानलाई आफ्नो नाममा पारेका हुन्। यसअघि यो कीर्तिमान जिम्बाबेका ततेंदा तायबुको नाममा थियो। सन् २००४ मा कप्तानी गर्दा उनको उमेर २० वर्ष ३५८ दिन थियो भने राशिदले सो रेकर्ड २० वर्ष ३५० दिनको उमेरमा तोडेका हुन्।

अफगानिस्तानको यो तेश्रो टेस्ट खेल हो। यस अघि उसले भारत र आयरल्याण्डसँग एक(एक टेस्ट खेल खेलिसकेको छ। भारतसँगको टेस्टमा हार बेहोरेको अफगानिस्तानले आयरल्याण्डलाई भने सात विकेटले हराएको थियो।

बिहिबारबाट सुरू भएको खेलको पहिलो पारीमा ब्याटिङ गरिरहेको अफगानिस्तानले ५ विकेटको नोक्सानीमा २७५ रन जोडिसकेको छ।