१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत कोषमा कुम्मायकको २१ लाख सहयोग



अ+ अ-

पाँचथर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु २१ लाख ६५ हजार रकम सहयोग गरेको छ ।

कुम्मायक गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिहरुले प्राप्त गर्ने सुविधाबाट एकामुष्ठ रु ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट रु पाँच लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु १४ लाख ३२ हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितका लागि सहयोग गर्न अपिलसमेत गरेको छ । रासस