१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षीया किशोरीमाथी एसिड प्रहार



अ+ अ-

पर्सा । पर्साको वीरगन्जमा १५ वर्षीया किशोरीमाथी एसिड प्रहार भएको छ । बिहान सवा ६ बजे दुई किशोर मिलेर एक किशोरीमाथी एसीड प्रहार गरिएको हो ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बस्ने मुस्कान खातनुलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका १६ बर्षिय किशोर सम्साद आलम र माजिद आलम मिलेर एसिड छ्यापेका हुन्।

एसिड छ्यापेर फरार भएका उनीहरूमध्य मुख्य अभियुक्त साम्सद आलमलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ। अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।