१६ भाद्र २०८३, मंगलवार
,
Latest
राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बुधबार बस्दै



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । रासस




भर्खरै