१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिथी देवो भव हुनुपर्नेमा पर्यटक अतिथी दूहुनो भव भएः अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटकको सम्मान हुन नसकेको बताएका छन् ।

राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान) को ४१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने-‘अतिथी देवो भव हुनुपर्नेमा पर्यटकलाई अतिथी दूहुनो भव भएको छ। पर्यटको सम्मान गर्न जान्नुपर्छ।’

टानका पूर्वअध्यक्ष तथा द्वारिका होटेलकी सन्चालिका अम्बिका श्रेष्ठले नेपालको ब्रान्ड गरेर जान र यो व्यवसायको विकास गर्न सामूहिक पहल गर्न आग्रह गरिन्। उनले निजी क्षेत्रको भूमिका निकै सराहनीय भएको उल्लेख गरिन्।