१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा बाढीबाट प्रभावित नागरिकसम्म आवश्यक राहत सामग्री पुग्न नसकेको भन्दै सरकारको राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।

सोमबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै ओलीले सरकारी कोषमा रकम तथा राहत सामग्री जम्मा भए पनि प्रभावित नागरिकले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको बताएका हुन्।

ओलीले राहत सामग्री र आर्थिक सहयोग संकलन भएर पनि पीडितसम्म प्रभावकारी रूपमा वितरण हुन नसक्नु दुःखद भएको बताए। उनले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन आवश्यक समन्वय र पहल गर्नुपर्नेमा जोड दिए।

एमालेले सरकारको मात्र भर नपरी विभिन्न संघसंस्था, राजनीतिक दल तथा सरोकारवाला पक्षसँग सहकार्य गरेर राहत संकलन तथा वितरणलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।

‘कोषमा रकम र राहत जम्मा भएको छ, तर प्रभावित नागरिकसम्म राहत पुग्न सकेको छैन,’ ओलीले भने, ‘यो अवस्था अन्त्य गर्न सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्छ।’

यसअघि प्रधानमन्त्री राहत कोषमा बाढी प्रभावितका लागि ठूलो रकम जम्मा भइसकेको विवरण सार्वजनिक भएको थियो।