१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा श्रीलंकालाई १६० रनको सामान्य चुनौती



अ+ अ-
फाइल फोटो

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंकालाई १६० रनको सामान्य चुनौती दिएको छ ।

आर प्रेमादशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको हो ।

नेपालका लागि रित गौतमले ५४ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितले ४७ रन बनाए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।

रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम शार्की पनि एक रनमा एल्बीडब्लु आउट भए । तर राशिद खान भने १५ रनमा अविजित रहे ।

श्रीलंकाका लागि दिलसान मदुशनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए ।