१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ ।

आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताउनुभएको हो ।

उहाँका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ । विपद्को फाइदा उठाउँदै कानूनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उहाँको भनाइ छ ।

उहाँले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ ।

उहाँले विपद्का सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको बताउनु भयो । मिथ्या सूचना फैलाएको पाइए कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले राहत सामग्री वितरणका नाममा भइरहेका गतिविधिलाई समेत एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाढीबाट भग्नावशेष तथा खण्डहर भवनहरू जुन रहेका छन्, ती भवनहरूमा अनावश्यक रूपमा, अनाधिकृत रूपमा छिर्न कानुनद्वारा वर्जित छ । रेस्क्युको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानुन उल्लङ्घन गर्न पाइँदैन । त्यस्ता आपराधिक मनसायका व्यक्तिहरू पनि त्यहाँ छिरे प्रहरीलाई खबर गर्न समेत नागरिकलाई आग्रह गरिएको छ । प्रहरीको उपस्थितिमा मात्र घर तथा भवनभित्र खोज तलासी हुनेछ । विपद्को फाइदा उठाएर नाजायज गतिविधि गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिहरू प्रति नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ । गलत सूचनाहरू दिने, मिथ्या सूचनाहरू दिने कुराहरूमा पनि नेपाल प्रहरीले गम्भीर भएर मोनिटरिङ गरिरहेको छ । त्यस्ता गतिविधिमा कोही संलग्न भएमा कानून बमोजिम कारबाही गरिने नै छ । राहत सामग्रीहरू वितरणको नाममा विभिन्न किसिमको कामहरु पनि भइरहेका छन् । नेपाल सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेको र त्यो अनुसारको कार्यविधि समेत भएको कारणले त्यसलाई चाहिँ फलो गर्नुपर्छ । त्यसको लागि आफ्नो राहतहरू स्थानीय निकायमा गएर त्यहाँको स्थानीय सरकारलाई, जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्र राहत वितरण गरौँ ।’

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेकाले स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न समेत प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल