१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।

“सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । –