१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन



अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

टेलिकम नेटवर्कको पहुँच नपुगेका वा नेटवर्क अवरुद्ध भएका दुर्गम क्षेत्रमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिन्छ। महँगो प्रविधिका रूपमा लिइने स्याटेलाइट फोन विपद्का बेला सञ्चार सम्पर्क कायम राख्न महत्वपूर्ण मानिन्छ।

बाढी तथा पहिरोका कारण नियमित दूरसञ्चार सेवा प्रभावित भएका क्षेत्रमा स्याटेलाइट फोनको प्रयोगले उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका निकायबीच समन्वय र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।