१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी



अ+ अ-

नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको संयुक्त टोलीले उद्धार प्रयास तीव्र पारेको छ।

सुरुङमा प्रवेशका लागि आवश्यक ठाउँ बनाउन ब्लास्टिङ गर्नेसम्मका तयारी अघि बढाइएको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली परिचालित छ।

यसअघि उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेको थियो। टोलीले त्यहाँ करिब २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले तल झरेर सुरुङभित्र रहेका व्यक्तिहरूलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।

भित्र फसेकाहरूको अवस्था पत्ता लगाउँदै उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण प्रयोग गर्नुका साथै प्वाल फराकिलो पार्ने र आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाइएको छ।

कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाका बीच उद्धार टोलीले सम्भावित सबै उपाय अपनाउँदै अहोरात्र उद्धार कार्य जारी राखेको छ।