काठमाडौं । भोटेकोसी बाढीबाट उत्पन्न विपद्को अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले गरिरहेको खोज, उद्धार तथा राहतसम्बन्धी कामको जानकारी लिएका छन्।
लामिछानेले पार्टी सर्कलमा भइरहेका गतिविधिबारे बृफिङ लिँदै विपद् प्रभावित क्षेत्रमा भइरहेका कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पार्टीका सम्पूर्ण तह तथा निकायलाई निर्देशन दिएका हुन्।
उनले प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा पार्टीका सबै संयन्त्रलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरेका छन्। विपद्को समयमा उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन गर्दै प्रभावितसम्म सहयोग पुर्याउन उनले निर्देशन दिएको रास्वपाले जनाएको छ।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहतको काम जारी रहेका बेला लामिछानेले पार्टीको तर्फबाट भइरहेका गतिविधिको नियमित अनुगमन र समन्वयमा जोड दिएका छन्।









