१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो



अ+ अ-

काठमाडौँ। सुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।

नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्म ६१६ जनाको शव फेला परेको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिनुभयो । “यसपछिको तथ्याङ्क भने सङ्कलन भइरहेको छ । खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।  रासस