१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौँ।चिीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पुर्याइएको छ ।

भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग गरी सामग्री ढुवानी गरिएको हो । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शुक्रवार अपराह्न करिव ४ः३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो ।

माथिल्लो तटीय क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक), निरन्तरको मुसलधारे वर्षा र सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् ।

शनिवार बिहान १ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार उक्त क्षेत्रमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५४ जना अझै बेपत्ता रहेका छन् ।

सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि उद्धार टोलीलाई आवश्यक खाद्यान्न तथा उपकरणहरू ड्रोनमार्फत उपलब्ध गराइएको हो ।

बेपत्ताहरूको खोजी र राहत कार्यलाई तिब्रता दिन स्थानीय प्रशासनले थप जनशक्ति परिचालन गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल