१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र



अ+ अ-

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि उद्धार टोलीले उत्खनन कार्यलाई तीव्रता दिएको छ।

फसेका कर्मचारीलाई बाहिर निकाल्न अन्डरग्राउन्ड पावर हाउससम्म पुग्ने केबल टनेलको पुरिएको मुख खोल्ने काम भइरहेको छ। नेपाली सेना तथा दक्ष जनशक्तिसहितको उद्धार टोलीले आवश्यक उत्खनन उपकरण प्रयोग गरी टनेलको अवरोध हटाउने प्रयास गरिरहेको छ।

उद्धारका लागि घटनास्थलमा आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ। पुरिएको केबल टनेलको मुख खोल्न सकेपछि अन्डरग्राउन्ड पावर हाउसमा पुगेर फसेका कर्मचारीको उद्धार गर्ने तयारी गरिएको छ।

उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत कामलाई तीव्रता दिइरहेको जनाएको छ। कर्मचारीहरूको अवस्थाबारे थप विवरण उद्धार कार्य अघि बढेपछि मात्र स्पष्ट हुने बताइएको छ।