१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं। रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ।

नेपाल प्रहरीको आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीबाट ९७७ जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना (विभिन्न मानव अंगसहित), नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिमबाट २७ जना, रसुवाबाट १२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार विपदमा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको र झन्डै एक हजार सम्पर्कविहीन रहेको प्रहरी बुलेटिनमा उल्लेख छ।