११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल



अ+ अ-

काठमाडौं। सभामुख डीपी अर्यालले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा संघीय संसद् र संसद् सचिवालयका कामकारबाहीमा पर्न सक्ने प्रभावबारे सचिवालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ।

सभामुख अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीसँग छलफल गर्नुभएको हो।

छलफलका क्रममा सभामुख अर्यालले विपद्को यस घडीमा संसद् सचिवालयबाट गर्न सकिने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका लागि सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।

उहाँले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि जोड दिनुभएको छ।

रसुवालगायतका प्रभावित क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि राज्यका विभिन्न निकाय उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित भएका छन्। यस्तो अवस्थामा संघीय संसद् र संसद् सचिवालयको भूमिका तथा आगामी कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।