काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।
एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका लागि प्राप्त सहयोग रकम बुझ्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई गोर्खा ब्रुअरीका तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको हो।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभयो।
बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत जुटाउन सरकारले विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गरिरहेको छ।









