५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको गृहनगरमा प्रगतिशीलको हार, वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी बिजयी



अ+ अ-

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले प्रगतिशील व्यवसायीको समूहलाई पराजित गराएको छ ।

अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी भए । उनले १४११ मत प्राप्त गरे भने प्रतिद्वन्दी नेकपा निकट प्रगतिशिल समूहका खतिवडाले ९१६ मत प्राप्त गरे ।

अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी भए । उनका प्रतिद्वन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

प्रथम उपाध्यक्षमा लोकतान्त्रिककै राजु खड्काले १२०९ मत प्राप्त गर्दै बिजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरे ।

तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु ९१२०२० बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिइन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला ११३६ र प्रगतिशिलकी लक्की सिटौला ९७९ बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिइन् ।