११ भाद्र २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेका १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरीस्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक प्रहरी सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धार जारी रहेको तथा त्यस निम्ति तीन हजार ३१८ जना परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई बताउनुभयो ।