११ भाद्र २०८३, बिहीबार
,
Latest
चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु



अ+ अ-

नुवाकोट। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार थालिएको छ ।

यसका लागि आज बिहान तीन हवाई उद्दार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न   हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ ।

आज बिहान उच्चस्तरीय बैठक नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री, जिल्लास्थित प्रशासन तथा सुरक्षा निकायका अधिकारी सम्मिलित  बैठकले उद्दार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा मानिसहरु अड्किरहेको र उद्दार गर्नुपर्ने भन्ने खबर प्राप्त भइरहेका छन् । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनको टनेलमा अड्केर बसेका तीन जनाको उद्धार गरेर श्री नं १ तालिम केन्द्र नुवाकोट ल्याइएको छ ।

उद्धारसगैँ राहतलाई थप प्रभावकारी बनाउन र अवरुद्ध दूरसञ्चार सेवा खुलाउन सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो ।