११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र



अ+ अ-

रसुवा। रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।

बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पु¥याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो ।

बाढीका कारण सडक तथा बजार क्षेत्रमा जम्मा भएको हिलो र लेदो पन्छाउने कार्य अहिले तिब्र गतिमा भइरहेको छ । धादिङको बैरेनी बजार क्षेत्रमा बाढीले ल्याएको हिलो सोर्ने र अवरुद्ध सडक सफा गरी यातायात सुचारु गर्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै, नुवाकोटको रातोमाटे क्षेत्रमा बाढीका कारण पुगेको क्षतिको विवरण संकलन गर्ने र बेपत्ता हुन सक्नेहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

केरौनिटार लगायतका प्रभावित क्षेत्रहरूमा पनि सुरक्षा निकाय र स्थानीय उद्धार टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।

भोटेकोशी र त्रिशूली नदीको बहाव एक्कासि बढ्दा नदी किनारका बस्तीहरू कटानमा पर्नुका साथै भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ ।

बाढीले त्रिशूली नदीको आसपासका खेतीयोग्य जमिन र संरचनाहरू बगाएको छ । रसुवाबाट शुरु भएको बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै चितवनसम्म पुगेको थियो ।

हाल प्रभावित क्षेत्रहरूमा लेदो पन्छाउने, सडक सुचारु गर्ने र पीडितहरूलाई राहत तथा सुरक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रशासनले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई अझै पनि शतर्क रहन आग्रह गरेको छ । आगामी आईतवारसम्म चीन क्षेत्रमा ठूलो वर्षा हुने भएकाले शतर्क रहन आग्रह गरिएको छ ।- न्युज एजेन्सी नेपाल