११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता



अ+ अ-

काठमाडौँ। भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेका १६२ जनाको शव विभिन्न स्थानमा फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी चितवनमा ६४, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिम र रसुवामा २/२ शव फेला परेको छ। हालसम्म २८ जना अझै सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । विभिन्न अस्पतालमा ४१ जना उपचारमा रहेका छन्।