१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६  एम्बुलेन्स परिचालन



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पु¥याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ ।

महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने बिरामीको सहज उपचारका लागि दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ ।

विपद्को यस समयमा बिरामी वा घाइतेलाई अस्पताल पु¥याउन एम्बुलेन्स आवश्यक परेमा तत्काल १०२ मा फोन गर्न महानगरपालिकाले सबैमा अनुरोध गरेको छ

उक्त एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले अस्पताल लैजाँदै गर्दा बाटोमा आवश्यक पर्ने आकस्मिक उपचार समेत उपलब्ध हुने महानगरले जनाएको छ । रासस