काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री तथा सहयोगको माग दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
प्राधिकरणका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोगको माग सेतु प्रणालीमार्फत दर्ता गर्न सकिन्छ ।
सम्बन्धित विवरण https://setu.ndrrma.gov.np/. मा गई भर्नुहुन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणका अनुसार हालसम्म १७४ जनाले यस्तो अग्रह गरिसकेका छन् ।
सेतु प्रणालीमार्फत प्राप्त मागका आधारमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनमा सहजीकरण हुने अपेक्षा गरिएको छ । रासस









