काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सभामुख अर्यालले तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका कार्य प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित स्थानीय तहलाई आग्रह गरेका हुन्।
उनले कठिन परिस्थितिमा सबैको समन्वय, सतर्कता र सहयोगबाट सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै प्रभावित नागरिकको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कार्य तत्काल अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।









