६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले यहाँका मौलिक कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सिसिएस धनगढीको आयोजनामा आज धनगढीमा भएको ‘सुदूर संस्कृति उत्सव’ लाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम कला, संस्कृति, सभ्यता र परम्पराको भण्डार रहेकाले तिनको संरक्षण र प्रचार जरुरी रहेको बताउनुभयो । “सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो । यहाँको कला, संस्कृति, सभ्यता र परम्पराको संरक्षण एवं राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान स्थापित गर्न आवश्यक छ”, प्रदेश प्रमुख मियाँले भन्नुभयो ।

उहाँले यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाको उपयोग गरी सुदूरपश्चिमका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि नयाँ पुस्तालाई सुदूरपश्चिमको इतिहास, महत्त्व, कला, संस्कृति र मौलिक परम्परासँग जोड्न विद्यालयस्तरदेखि नै सचेतना आवश्यक रहेको प्रदेश प्रमुख मियाँको भनाइ थियो ।

सिसिएसका अध्यक्ष हरि रेग्मीले सुदूरपश्चिमको पहिचान संरक्षण गर्नु आजको आवश्यकता रहेकाले उत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले समाज रूपान्तरण र सशक्तिकरणका लागि कला, साहित्य तथा संस्कृतिको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशको कला, संस्कृति, धर्म र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित उत्सवमा सुदूरपश्चिमका मौलिक देउडा, गौरालगायतका सांस्कृतिक प्रस्तुति गरिएका थिए । उत्सवमा सिसिएसका विद्यार्थीले तयार गरेका सुदूरपश्चिमका मौलिक परिकारका साथै यहाँका परम्परागत बाजागाजाका सामग्रीसमेत प्रदर्शन गरिएका थिए । रासस