काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि शुरू गर्दैछ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर हिमाल, पहाड, तराई-मधेश (हिपतम) नाम दिइएको यस अभियानमा सबै तहका नेताहरूलाइ जिल्लाजिल्ला खटाइएकाे छ ।
अभियानको पहिलो दिन पार्टी सभापति सहितका केन्द्रीय नेताहरुले विभिन्न जिल्लामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कसले कहाँ सम्बोधन गर्ने ?
सुनसरी- सभापति शेरबहादुर देउवा
कास्की – वरिष्ठ नेता रामचन्द्र पौडेल
धनुषा – उपसभापति विमलेन्द्र निधि
सुनसरी – उपसभापति विजयकुमार गच्छदार
मकवानपुर – महामन्त्री डा. शशांक कोइराला
भक्तपुर- महामन्त्री पूर्णबहादुर खड्का
काठमाडौं – कोषाध्यक्ष सीतादेवी यादव
काठमाडौं – सहमहामन्त्री डा. प्रकाशशरण महत