४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : ‘तयारी नपुग्दा उपलब्धि कमजोर’

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : ‘तयारी नपुग्दा उपलब्धि कमजोर’
अ+ अ-

काठमाडौँ । निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्परिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारले ‘घरेलु तयारीबिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।

नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएका थिएनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, ५ हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारीमा दुई देशका विदेशमन्त्रीले साक्षी बसेर ‘हस्ताक्षर’ गराएका थिए ।

‘हामी परम्परागत रूपमै यस्ता ठूला भ्रमणका अवसरमा अलि हतारिने गर्छौं, एजेन्डामा छलफल र तयारी गर्ने अभ्यास हामीमा छैन,’ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले कान्तिपुरसँग भने, ‘हामीले अन्तिम घडीमा तयारी गर्दाको परिणाम यसपटक फेरि देखापरेको छ ।’ विशेष महत्त्वका भ्रमणमा ‘लक्ष्य, योजना र कार्यक्रम’ स्पष्ट देखिनुपर्नेमा एउटा विज्ञप्ति जारी गर्ने तहको तदर्थवादी कार्यशैलीले निरन्तरता पाइरहेको पूर्वसचिव भट्टराईले बताए ।

पूर्वराजदूत दिनेश भट्टराईले विदेशमन्त्री वाङको भ्रमण अवसरमा परराष्ट्र मन्त्रालयले एजेन्डामा विज्ञ समूहमाझ परामर्श र छलफल गरेको भए परिणाम अलग हुन सक्ने प्रतिक्रिया दिए ।

‘कति रुपैयाँ सहयोग आयो अथवा कति त्रिपाल दिइयो भन्ने कुरा गौण हो तर विदेशमन्त्रीको भ्रमणलाई सहयोग र साझेदारीको अर्थमा अलिक अर्थपूर्ण बनाउन सकेको भए हुन्थ्यो,’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा परराष्ट्र मामला सल्लाहकारसमेत रहेका उनले भने, ‘गृहकार्य नहुँदा एजेन्डामा स्पष्टता देख्न सकिएन ।’ हल्लाको कूटनीतिको दिगो अर्थ रहन नसक्ने उल्लेख गर्दै उनले उच्च तहमा भएको भ्रमणमा नेपालको ‘लाजमर्दो कूटनीति’ देखिएको टिप्पणी गरे ।

‘हाम्रो यत्रो सरोकारको व्यापार घाटा र क्रस–बोर्डर इकोनमिक जोनको एजेन्डालाई अहिले सम्बोधन गर्नरगराउन सकिन्थ्यो,’ उनले भने, ‘नेपाली सर्वसाधारणका लागि पनि सबैभन्दा चासोको विषय बनिसकेको रेल्वे लिंक र पेट्रोलियम आयातको उपाय एजेन्डामै पर्न नसक्नु आफैंमा अनौठो छ ।’
उनले भारत र चीनका विदेश मन्त्रीहरू एकपछि अर्को गर्दै नेपाल भ्रमणमा आएको तथा संयन्त्र बैठक बसेको यो अवसरलाई राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिको दिशामा ‘अर्थपूर्ण’ बनाउनेतर्फ परराष्ट्र मन्त्रालयले सामान्य सरोकार पनि राख्न नसकेको प्रतिक्रिया दिए । विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे परराष्ट्रको चीन मामला हेर्ने शाखाका अधिकारी तथा सचिव तहबाट समेत ‘छलफलको एजेन्डा तय नभएको’ भनिएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने विदेशमन्त्रीस्तरीय बैठक क्रममा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनामा नेपालका प्रस्तावित एजेन्डाबारे अन्तिम ‘कार्यादेश (टीओआर) र लगानी मोडालिटी’ सार्वजनिक गरिने जानकारी दिएका थिए । तर बैठकमा बीआरआई वा रेल्वे–लिंकका विषयमा छलफल हुनै सकेन ।

चीनका लागि पूर्वराजदूत महेशकुमार मास्के भने समझदारीपत्रहरूमा ‘सामान्य बुँदा’ देखिए पनि विदेशमन्त्री वाङको भ्रमणलाई निकै ‘अर्थपूर्ण र सकारात्मक’ मान्छन् ।

‘यो समझदारी पनि सांकेतिक मात्रै हो,’ उनले कान्तिपुरसँग भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको सन्दर्भ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, मुख्य कुरा गर्भमै छ ।’ राष्ट्रपति सीको सम्भावित भ्रमणकै लागि तत्काल बीआरआईका प्रस्तावित योजना वा ठूला सहयोगका विषयमा सहमतिरनिर्णय आउन नसकेको उनले बताए ।

‘विशिष्ट तहका भ्रमणहरूबारे अन्तिम घडीमा मात्रै जानकारी दिने चिनियाँ पद्धति छ,’ मास्केले भने, ‘विदेशमन्त्रीको सांकेतिक तहको भ्रमणले राष्ट्रपति सी नेपाल भ्रमणमा आउने कुरालाई बल पुगेको छ ।’ मास्केले सधैंभर अरूको सहयोग र दातामा भर पर्ने नेपाली सनातनी स्वभावका कारण अहिले देखिएको समझदारीपत्र ‘सामान्य लागेको हुन सक्ने’ समीक्षा गरे ।

विदेशमन्त्री–पूर्वप्रधानमन्त्री भेट
विदेशमन्त्री वाङसँग भेटवार्ता गर्न मंगलबार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा मेरियट होटल पुगेका थिए । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहाल आफ्नी छोरी गंगा दाहाललाई लिएर विदेशमन्त्रीसँग भेटवार्तामा गएका थिए । ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भयो,’ गंगाले भनिन्, ‘राष्ट्रपति सीको भ्रमण उचित समयमा हुन सक्नेतर्फ विदेशमन्त्रीले संकेत गर्नुभयो ।’

नेकपा अध्यक्ष दाहालले चीनबाट नेपालले आर्थिक समृद्धिका दिशामा विशेष सहयोग अपेक्षा गरेको बताएका थिए । अध्यक्ष दाहालको विदेशमन्त्रीसँगको भेटवार्ताबारे पार्टीकै विदेश विभाग भने बेखबर रहेको एक सदस्यले बताए । यता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका साथमा विदेशमन्त्री भेट्न होटल पुगेका थिए ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अपेक्षित छ, भ्रमण हुन सके नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय सुरु हुनेछ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘राष्ट्रपतिको नेपाल भ्रमणबारे हामी विचार गरिरहेका छौं भनेर विदेशमन्त्री वाङले जवाफ दिनुभएको थियो ।’

देउवाले आफ्नै प्रधानमन्त्री कार्यकालमा सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमण भएको स्मरण गराएका थिए । भेटवार्तामा देउवाले हिन्दु एवं बौद्ध धर्मावलम्बीको पनि आस्थाको केन्द्र रहेको मानसरोवर यात्रामा ‘सहजीकरण’ गर्नका लागि विदेशमन्त्रीलाई आग्रह गरेका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।