३ भाद्र २०८३, बुधबार
,
Latest
बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बताउनुभयो ।

भूराजनीतिक चलखेलले नेपाललको राष्ट्रियता र राज्यका अङ्गहरूमा खतरा पैदा गर्ने जनाउँदै सरकारले त्यस्ता खतराहरूबाट मुलुकलाई बचाउनुपर्नेमा नेता थापाको जोड थियो ।

सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेर लोकतान्त्रिक अधिकारलाई कटौती गरेको टिप्पणी गर्दै उहाँले समाजमा महँगी, चोरी डकैती र अराजकता भइरहेको तथा सुकुमवासीको व्यवस्थापन भने हुन नसकेकामा आलोचना गर्नुभयो ।

नेता थापाले सरकार संसदप्रति जवाफदेही नभए वा सत्ता पक्ष–प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलन हुन सक्नेतर्फ सचेत गराउनुभयो । उहाँको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउनुभयो । —