३ भाद्र २०८३, बुधबार
,
Latest
बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताउनु भयो ।

उहाँले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन् ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताउनु भयो । उहाँले बालिका तथा महिलामाथी हुने यौन हिंसाका घटनामा शुन्य सहनशीलताको नीति लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले कानून बनाई बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न समेत माग गर्नुभयो ।

रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरिरहेको आरोप लगाउनु भयो । उहाँले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताउनु भयो । उहाँले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषि प्रहरीमाथि कारबाही समेत माग गर्नुभयो ।

बाराको जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो । –