३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



अ+ अ-

 

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि भएको मतदानमा सहभागी ४६ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाले भट्टको पक्षमा मतदान गरेका छन् । विपक्षमा १५ मत परेको जनाइएको छ ।

सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको भन्दै मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री भट्टलाई नेकपाका २० जना तथा उपसभामुखसहित एमालेका ११ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

प्रदेशसभामा बहुमत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई थप स्थायित्व मिलेको छ ।