३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाहले सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सुशासनको अवस्थाप्रति प्रश्न उठाउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले सरकारले गर्ने प्रतिवद्धता र प्राप्त परिणामबीच ठूलो खाडल देखिएको भन्दै आलोचना गर्नुभएको हो । सांसद शाहले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संसद्ले दिएको निर्देशन र सरकारको पूर्ण तयारीको दाबी फिल्डमा नदेखिएको बताउनु भयो ।

दुई वर्षअघि संसदीय समितिले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरी जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा अहिले थप क्षति भइरहेको उहाँको भनाइ छ ।

उहाँले बाजुराको त्रिवेणी नगरपालिकास्थित ताम्सु गाउँका ६० घरपरिवारमध्ये ५८ परिवार विस्थापित भएको र जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनजीवन आक्रान्त बनाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपन्न र निमुखा जनताका लागि हुनुपर्ने राज्य संयन्त्र मन्त्रीहरूको सेवामा मात्र केन्द्रित भएको आरोप लगाउनु भयो ।

सांसद शाहले सरकारको नीतिगत अस्थिरतालाई बच्पना निर्णयको संज्ञा दिनुभयो । शिक्षा, स्वास्थ्य र विद्युत जस्ता आधारभूत क्षेत्रमा कर लगाउने र पछि विरोध भएपछि फिर्ता लिने प्रवृत्तिले सरकारको अपरिपक्वता झल्काएको उहाँको तर्क छ ।–