३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा



अ+ अ-

काठमाडाैँ । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउनुभएको छ । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उहाँले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

“आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको बताउँदै सेनाध्यक्ष सेठले भन्नुभयो । सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारीस्तरका साथै दुई देशका नागरिकबीचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो ।

सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि बाँकेको कोहलपुरमा स्थापना गरिएको पोलिक्लिनिकको ‘भर्चुअल’ माध्यमबाट शुभारम्भ पनि गर्नुभयो । त्यस अवसरमा वीरगति प्राप्त गरेका पूर्वसैनिकका परिवारका सदस्यलाई सम्मान गर्नाका साथै घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटर पनि प्रदान गरिएको थियो ।