२ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा के गरेर हो, कसरी हो सञ्चालनमा ल्याइदिनुपर्‍यो नागरिकहरु बिचल्लीमै परिसकेः सांसद न्यौपाने



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रमा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै जनस्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटो नै ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेकोमा आपत्ति जनाउनुभएको हो ।

उचित सूचना र पारदर्शी प्रक्रिया बिना नै निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उहाँले संवेदनशील स्वास्थ्य संस्था नजिक यस्तो केन्द्र बनाउँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनु भयो ।

यस कार्यको स्थानीय बासिन्दाले समेत विरोध गरिरहेकाले उक्त क्षेत्रमा प्रशोधन केन्द्र निर्माण नगर्न उहाँले माग गर्नुभयो । सांसद न्यौपानेले मुलुकको स्वास्थ्य बीमा कार्यक्रम लथालिङ्ग हुँदा नागरिकहरू मर्कामा परेको विषय सदनमा उठाउनु भयो । स्वास्थ्य बीमा सुविधा नपाउँदा सर्वसाधारणको बिचल्ली भएको भन्दै उहाँले यस कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सम्बोधनका क्रममा उहाँले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेका ऋणीहरूको समस्याका बारेमा पनि आवाज उठाउनु भयो । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सन्दर्भमा पीडितहरूले हालसम्म न आफ्नो सुन फिर्ता पाएको, न त बजार मूल्य अनुसारको क्षतिपूर्ति नै पाएको उहाँले बताउनु भयो । पीडितहरूको हारगुहार सुनिदिन र उनीहरूको सम्पत्तिको रक्षा गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल

 




भर्खरै