२४ असार २०८३, बुधबार
,
Latest
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुणमा विवाद : महासचिव शाहीले दिए अध्यक्षलाई काउन्टर



अ+ अ-

काठमाडौं । नियमित कार्यकाल सकिन लाग्दासमेत चारजनामात्रै पदाधिकारीको भरमा चल्दै आएको नेपाल तरुण दलमा गुटगत विवाद देखिएको छ । सभापति देउवानिकट अध्यक्ष जितजंग बस्नेत र रामचन्द्र पौडेलनिकट महासचिव भूपेन्द्रजंग शाहीबीच संगठन परिचालनको विषयमा विवाद भएको हो ।

माउ पार्टी कांग्रेसले २४ भदौदेखि गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबारे अध्यक्ष र महासचिवले अलग–अलग परिपत्र र विज्ञप्ति जारी गरेपछि संगठनको विवाद सतहमै आएको हो । भदौ २० मा अध्यक्ष बस्नेतले २४ भदौदेखि पार्टीले गर्न लागेको जागरण अभियानलाई सघाउने भन्दै विज्ञप्ति जारी गरे । तर, महासचिव शाहीले यसअघिदेखि नै भ्रष्टाचारविरुद्ध अभियान चाल्ने सहमति भएको, तर त्यसअनुरूप कार्यक्रम नल्याएको भन्दै छुट्टै कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘भ्रष्टाचारविरुद्ध मेची–महाकाली अभियान सुरु गरौँ भन्दाभन्दै उहाँले पार्टीले गर्न लागेको जागरण अभियानमा मात्र सहभागी बनौँ भन्नुभयो,’ शाहीले नयाँ पत्रिकासित भने, ‘अध्यक्षले पूर्वप्रतिबद्धता पूरा नगरेपछि सरकारको भ्रष्टाचारलाई भण्डाफोर गर्ने भनेर मैले पनि महासचिवको नाताले विज्ञप्ति जारी गरेको हुँ ।’ उनले देशव्यापी अभियान नरोकिने बताउँदै अध्यक्षको प्रतिवाद गर्ने चेतावनी पनि दिए ।

संगठन संरचनामा पनि उस्तै विवाद
तीन वर्षदेखि सप्तरी जिल्ला अध्यक्ष खाली भएको भन्दै महासचिव शाहीले सीताप्रसाद यादवलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको पत्र पठाए । उनलाई तीन महिनाभित्र जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइयो ।

नेता शाहीले यसअघि भक्तपुरमा संस्थापनपक्षबाट जिल्ला अध्यक्ष तोकिएकाले सप्तरीमा आफ्नो गुटबाट मनोनीत गर्न पाउने समझदारी भएको दाबी गरे । तर, अध्यक्ष बस्नेतले अर्को विज्ञप्ति जारी गर्दै सप्तरी अध्यक्षमा कसैलाई मनोनयन नगरिएको भन्दै महासचिवको मनोनयन बदर गरेको जनाएका छन् । महासचिवले विधि र प्रक्रियाविपरीत पत्राचार गरेको भन्दै उनको पत्राचारमा विश्वास नगर्न बस्नेतले आग्रह गरेका छन् ।

त्यस्तै, शाहीले सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्ष सुमन श्रेष्ठलाई दलबाट निष्काशन गरिएकोमा पुनः काममा फर्काउने गरी परिपत्र गरेका छन् । यसलाई पनि अध्यक्ष शाहीले श्रेष्ठको निष्काशन यथावत् रहेको भन्दै अर्को विज्ञप्ति जारी गरे । तर, बुधबार पुनः शाहीले सप्तरीमा यादव नै अध्यक्ष भएको र सिन्धुपाल्चोकमा श्रेष्ठलाई काममा फर्काइएको भन्दै विज्ञप्ति जारी गरेका छन् । शाहीले असंवैधानिक र एकल निर्णय गर्ने अधिकार अध्यक्षलाई नभएको बताएका छन् । शाहीले अध्यक्ष एउटा गुट र आफू अर्को गुटबाट महासचिव भएको भन्दै आवश्यक परे समानान्तर रूपमा तरुण दललाई अघि बढाउने चेतावनी पनि दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।