१ भाद्र २०८३, सोमबार
,
Latest
कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।

महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो। उनका अनुसार नेपालमा पहिलोपटक ललितपुर महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरेको हो।

स्मार्ट स्ट्रिट लाइट जडानको काम सम्पन्न भइसकेकाले अब औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार बेलुका ७ बजे बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ।

महानगरपालिकाले सोमबार आयोजना गरेको चिकित्सकसहितको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा महर्जनले स्मार्ट स्ट्रिट लाइट जडानबारे जानकारी दिनुभएको हो।

महानगरपालिकाले चक्रपथबाहेक महानगर क्षेत्रभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको जनाएको छ। चक्रपथ क्षेत्रमा समेत बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातिको समयमा थप उज्यालो र सुरक्षित देखिने महर्जनको भनाइ छ।

स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा आएपछि रातिको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फबाट हेर्दा उज्यालो शहरका रूपमा ललितपुर महानगरपालिकालाई देख्न सक्ने उहाँले बताउनुभयो।

महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधारको विकाससँगै रातिको समयमा सडक सुरक्षा र शहरको सौन्दर्य अभिवृद्धि गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ।