२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

बस्ती पसेको बाघ नियन्त्रणमा

बस्ती पसेको बाघ नियन्त्रणमा
फाइल फोटो
अ अ+ अ-

चितवन। राप्ती नगरपालिका-१ दुविचौर क्षेत्रमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार रातिदेखि बस्ती क्षेत्रमा देखिएको बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले प्राविधिक टोली परिचालन गरेकामा आज बिहान नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्राविधिक टोलीको तेस्रो पटकको प्रयासमा बाघलाई डार्ट (बेहोस पार्ने औषधि) दिएर सफल भइएको हो । “नियन्त्रणमा लिइएको बाघलाई सौराहा ल्याएर स्वास्थ्य परीक्षण गर्नेछौँ । स्वास्थ्य अवस्थाको जानकारी भएपछि कहाँ राख्ने भन्ने टुङ्गो लाग्नेछ”, उहाँले भन्नुभयो ।

थापामगरका अनुसार उक्त बाघले राप्ती नगरपालिका-१ डिपाट बस्तीमा आज बिहान एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो । आज बिहान अन्दाजी ६ः४० बजे गाउँमा छिरेको बाघले स्थानीय ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो । आक्रमणबाट उहाँको तिघ्रामा सामान्य चोट लागेको जनाउँदै उहाँले घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

सोही क्रममा बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

निकुञ्जले केही दिनअघि मात्रै समस्याग्रस्त एउटा बाघलाई नियन्त्रणमा लिएको थियो । निकुञ्जको खोरमा योसँगै आठ वटा समस्याग्रस्त बाघ छन् । रासस